गुल्मीमा ‘तपाईंको मास्क खोई ? अभियान संचालन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोनावाट उत्पन्न संकटलाई रोक्नका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले बुधवारदेखि गुल्मीमा ‘तपाईंको मास्क खोई ? भन्ने अभियान शुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्र्तगत नयाँ प्रजातिको गुल्मीमा पनि संक्रमण देखिएसँगैआम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै उक्त अभियान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताएकि छन् ।

‘कोरोनाको महामारीवाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं, साबुन पानीले वेलाबेलामा हात हुने बानी बसालौं अत्यावश्यक काम वाहेक कोही पनि घर बाहिर ननिस्कौं, भीडभाड नगरौं’ लगायतका श्लोगनहरु लेखिएका प्लेकार्ड सहित प्रभातफेरीको आयोजना गरि कार्यक्रमको शुरुवात गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको नेतृत्वमा शुरु गरिएको अभियानका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु र सुरक्षा निकाय लगायतको टोलीले निशुल्क रुपमा माक्स उपलब्ध गराई ‘तपाईंको मास्क खोई ? अभियान शुरु गरेका थिए ।

पछिल्लो समयमा गुल्मीमा १६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले सबैलाई सतर्क र सचेत रहँदै सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नु भएको थियो । जिल्लामा कोही कसैले पनि मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा पछिल्लो तथ्यांक अनुसार महिला ४ र पुरुष १२ गरि १६ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित हुनेहरुमा २२ देखि ५५ वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ का फोकल पर्सन गोपाल बहादुर कार्किले बताएका छन् ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *