गुल्मीमा ट्याक्टर दुर्घटनामा परि तीन जना गंभिर घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गुल्मीमा ट्याक्टर दुर्घटनामा परि तीन जना घाईते बनेका छन् । जिल्लाको रेसुंगा नगरपालिका २ उदिनढुंगावाट धागिथुम तर्फ ढुंगा लिन जाँदै गरेको लु २ त ५१७९ नम्बरको ट्याक्टर आईतबार दिउसो धागिथुम स्थीत आशा अपांङ्ग केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामापरि घाईते हुनेहरुमा प्यूठान जिल्ला गौमुखी गाउँपालिका २ अर्खा निवासी वर्ष २७ का ओम प्रकास पुनमगर, वर्ष १५ का भिमे तामाङ् र वर्ष ३५ का पुनाराम बुढामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरि नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिनु भएको छ ।

घाईतहरुको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको छ । घाईतेहरु तीनै जनाको टाउको, अनुहार र छातीमा गंभिर चोट लागेको कारण उनीहरुको अवस्था गंभिर रहेको बताईएको छ । उकालोमा जाने क्रममा स्ट्रीङले काम नगरेपछि उक्त ट्याक्टर सडकवाट पाँच मिटर तल खसि दुर्घटना भएको हो । ट्याक्टर चालक विष्णु बहादुर बुढामगर भने सामान्य रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *