गुल्मीमा घर भत्काउँदा एकैपरिवारका चारको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गुल्मीमा ढुंगाले घर भत्काउँदा एकैपरिवारका चारको ज्यान गएको छ । पाखोबाट खसेको ढुंगाले घर भत्काउँदा एकैपरिवारका चारजनाको ज्यान गएको हो । शुक्रबार साँझ पाखोबाट खसेको ढुंगाले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आटिपाटाका राजु माझीको घर भत्किँदा उनकी पत्नी ३० वर्षीया विना, छोराहरू १० वर्षका सागर र सात वर्षका हेमन्त तथा १० महिनाकी छोरी विनिताको मृत्यु भएको वडाध्यक्ष हरि ज्ञवालीले बताए ।

राजु रोजगारीका सिलसिलामा विदेशमा छन् । साँझ करिब आठ बजेतिर विनाले खाना पकाउने तयारी गरिरहेका वेला घरमाथिको पाखोबाट ठूलो ढुंगा खसेको थियो ।सुरुमा घरमाथिको बाटोमा खसेको ढुंगा उछिट्टिएर घरमै खसेको थियो । जसले विनासहित घरभित्र रहेका दुई छोरा र एक नाबालक छोरीको मृत्यु भएको वडाध्यक्ष ज्ञवालीले जानकारी दिएकाहुन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *