गुल्मीको तम्घास–रिडी र रिडी–वामीटक्सार सडक अवरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गत तिन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मीकोे तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्र्तगत रेसुंगा नगरपालिका १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत पानीटंकिमा पहिरो खसेपछि बिहिवार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

त्यसैगरि रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्र्तगत सत्यवति गाउँपालिका ४ को नादेवा, ५ को बाँदरेभीर र ६ को डहरे लगायतका स्थानमा पहिरो खसेपछि आज बिहानदेखि सडक अबरुद्ध बनेको छ । त्यसैगरि रिडी–खज्र्याङ्ग र तम्घास–ईन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–खज्र्याङ्ग सडकखण्ड अन्र्तगत मनबाग र मुसिकोट नगरपालीका ३ स्थीत भन्ज्याङ्गमा सडक माथिवाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो

अवरुद्ध सडक सुचारु गर्नका लागि स्थानीय पालिकाहरुको पहलमा डोजर परिचालन गरि सडकमा झरेको पहिरो हटाउने काम भैरहेपनि पानी परिरहेका कारण पहिरो हटाउन थप समस्या परेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनु भएको छ । सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रुहरु थप समस्यामा परेका छन् ।

तिन दिनदेखि परेको लगातारको वर्षाका कारण ठाउँ ठाउँमा सडकहरु भत्किएको र पहिरो गएका कारण गुल्मीका अधिकांस ग्रामीण सडकहरु समेत अवरुद्ध बनेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *