गुल्मीको इस्मा गाउपालीकामा पहिरोजादा १८ महिने शिशुको ज्यान गयो,३ जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गएराती परेको अबीरल वर्षासंगै आएको गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुको ज्यान गएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिएकाहुन ।

सोहि पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । त्यसैगरि इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा समेत पहिरो गएको छ । त्यस्तै मुसीकोट नगरपालिका वार्ड नंम्बर २ का बिभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको छ । पात्लाकोट, खस्कोट, देउराली, दुर्लुङमा एक दर्जन भन्दा बढी घर गोठ र पशु चौपायालाई बगाएको छ ।

सोहि वार्डमा हरिप्रसाद घिमिरेको पसल बगाउँदा १ जना बेपत्ता भएका छन् । पहिरोको कारण सडकहरु अवरुद्ध हुँदा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *