गुणस्तरीय दिवस नारामामात्रै सिमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल हरेक बर्ष गुणस्तर दिवसका अवसरमा उपभोग्य वस्तुको गुणस्तर वृद्धि , गुणस्तरीय सामानको उत्पादन र वितरण तथा उपभोक्ता सचेतना लगायतका विषयमा विभिन्न कार्यक्रम हुने गरे पनि गुणस्तरको कुरा नारामा मात्र सिमित हुन पुग्दा आम उपभोक्ताले बजारमा गुणस्तरीय सामान पाउन सकेका छैनन् ।

आज अक्टोवर चौध अर्थात् विश्व गुणस्तर दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाईंदैछ । आम उपभोक्ताले दैनिक रूपमा उपभोग गर्ने खाध्यान्न लगायतका बस्तु कति गुणस्तरीय छ भन्ने कुरामा आम उपभोक्ता अहिलेसम्म अनभिज्ञ छन् ।

सन् १९४६ मा लण्डनमा भएको एक अन्र्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्षको अक्टोबर १४ तारिकमा यो दिवस मनाउने गरिएकोमा हो । त्यस यता नेपालमा पनि गुणस्तर दिवस मनाउन शुरू गरिएको छ । यश बर्ष बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण दिवस तामझामका साथ भने मनाउने कार्यक्रम सरकारले बनाएको छैन ।

वस्तुको गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएपनि अहिले अधिकांश वस्तुमा अखाद्य तत्वहरु मिसावट गरिएको पाईएको छ । उपभोग्य वस्तुमा अखाद्य वस्तु मिसाएर बेच्ने गरेको छ छैन भन्ने बारे मापन गर्नू र सचेतना फैलाउनु दिवसको मुख्य उद्देश्य रहेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

बेलाबेलामा उपभोक्ता मन्च लगायतका संघसंस्थाले बजारमा अनुगमन गर्ने गरेपनि गुणस्तरमा भने अहिले सम्म पनि सुधार आउन नसकेकोले उपभोक्ता नै सचेत हुन जरुरी रहेको राष्ट्रिय उपभोक्ता मन्च बागलुङका सदस्य जयलाल सापकोटाले बताए ।

जिल्लामा भएका खाध्यान्न लगायतका सानो तथा ठूलो पसलमा बिक्रीवितरणका लागि राखिएका आम उपभोक्ताले प्रयोग गर्ने दैनिक उपभोग्य सामान जतिसुकै चर्को मूल्य तिरे पनि गुणस्तरीय पाउन सकेका छैनन् ।गुणस्तरीय बस्तुको सेवा लिने उपभोक्ता र बिक्री गर्ने बिक्रेता बिचको सम्बन्ध सुमधुर हुन जरुरी छ । मुख्य गरेर सामान बिक्री गर्ने बिक्रेता इमानदार हुन जरुरी भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमख जिल्ला अधिकारी तथा सुचना अधिकारी उपेन्द्रराज पौडेलले बताए ।

गुणस्तर दिवस मनाइरहदा विभिन्न समयमा बजारमा गुणस्तरहिन, अखाद्य र बिषादीयुक्त खाद्यान्न भेटिने क्रम जारी रहेको छ । पसलमा भेटिएका सामान डिस्पोजल गर्नुका साथै बिक्रेता लाई सचेत गराउने काम पनि संगसंगै भइरहेको खाध्य तथा गुणनियन्त्रण कार्यालयले जनाएको छ ।पछिल्लो समयमा सरकारले बजार अनुगमन गरि गुणस्तरहिन खाद्यान्न बेचबिखन गर्नेहरुमाथि कार्वाही प्रक्रिया अघि बढाए पनि प्रभावकारी रुपमा कार्यान्वयन र जवाफदेहिताको अभाव रहेको देखिन्छ ।

नेपालमा औद्योगिक उत्पादनको गुणस्तर निर्धारण तथा प्रमाणपत्र प्रदान गर्न गुणस्तर तथा नापतौल विभाग उपभोक्ताले गुणस्तरीय सामान पाउन नसकेको गुनासो आम जनमानसमा रहेको छ । स्पष्ट ऐन कानुनको अभावमा गुणस्तरहीन र मिसावटयुक्त खाद्य पदार्थको उत्पादन र वितरण गर्ने विभिन्न उद्योगहरुमाथि उपयुक्त कारवाही गर्न नसक्दा, राजनीति संरक्षणमा नेपाली जनताको स्वास्थ्य माथि खेलवाड गरेर पैसा कमाउने क्रम दिन दुई गुना रात चौगुना बढेर गइरहेको छ ।देशमा ठूलो राजनीति परिवर्तन पछि संघीयतामा प्रवेश गरि गाउँ गाउँमा सिंहदरबार पुग्दा समेत हाम्रो देशमा बर्षको एकपटक मनाइने गुणस्तर दिवस कर्मकाण्डे भन्दा केही हुन सकेको छैन ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *