गीतामा हात राखेर कसम खाए अध्यक्ष कमल थापाले, भने ‘पार्टी फुटन दिन्न,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएकाछन् ।

बुधबार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन ‘कहिले पनि पार्टी फुटाउने छैन् , तपाईहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन्’, गीता हातमा राख्दै थापाले भनेका थिए । अध्यक्ष थापाले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गीने संकल्प लिएर एक भएको बताएका छन ।

विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताए । उनले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन ।

अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको द्वुविधा र आशंकालाई हटाउनुपर्ने उनको भनाई रहेको थियो । उनले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गरेकाछन। उनले भने, ‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस् । यसले हामीलाई सिथिल बनाउँछ । अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडी बढ्नुपर्छ । स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुप¥यो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।’ अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताएकाछन । ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवशर मिलेको छ’, थापाले भने ।

अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको समेत दावी गरेकाछन । पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उनको भनाई रहेको थीयो । उनले भने, ‘यो एकता कसैको दबाव र प्रभावमा परेको होइन । कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा एकता भएको होइन् । पार्टीर्लाइ माया गर्ने कार्यकर्ता सहयोगि शुभचिन्तकहरुको दबाव र प्रेरणाको प्रभाव । देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’ पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले बताए ।

देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उनले बताए । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको दावी समेत गरेकाछन् ।

अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्गचित्र त्रृटिपूर्ण रहेको पनी दावी गरेकाछन । नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उनले लगाएकाछन् । अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताए । उनले ब्रह्मलुटमा कांग्रेसको भूमि रहेको पनि बताए । उनले भने, ‘यो ब्रह्मलुटको प्रमुख मतियारका रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ ।’ देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उनले आग्रह समेत गरेकाथिए । उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानूनको कट्घरामा उभ्याउने समेत बताएका छन ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *