गान्धीको जन्मजयन्तीमा विश्व अहिंसा दिवस मनाइँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

महात्मा गान्धीको जन्मजयन्ती शुक्रवार अर्थात अक्टोबर २ मा परेको छ र यसलाई विश्व अहिंसा दिवसका रूपमा मनाउने गरिएको छ । हत्याहिंसा र विभाजन बढिरहेको अहिलेको युगमा गान्धीका विचारधाराहरू सान्दर्भिक छन् । महात्मा बन्नुअघि गान्धी दक्षिण अफ्रिकामा वकिल थिए । उनले सत्याग्रहको अवधारणा त्यहाँ नै अवलम्बन गर्न थालेका थिए ।

सन् १८९३ को ७ जुनमा उनलाई ट्रेनबाट धकेलेर निकालिएको थियो । उनलाई त्यो रात बिताउन एकदमै गाह्रो परेको थियो । गान्धीले वेटिङ रूममा त्यो रात बिताए अनि सत्याग्रहको संकल्प लिए । गुजरातको राजकोटमा वकालत गर्ने गान्धीलाई दक्षिण अफ्रिकामा सेठ अब्दुल्लाले एउटा मुद्दा लड्न बोलाएका थिए । उनी पानीजहाज चढेर दक्षिण अफ्रिकाको डरबन पुगे । त्यहाँबाट जुन ७ मा उनी प्रिटोरिया जाने ट्रेनमा चढे । उनीसँग ट्रेनको फर्स्ट क्लास टिकट थियो ।

उनी आफ्नो बर्थमा गएर बसे । ट्रेन पिटरमारिट्जबर्ग स्टेसन पुग्नै लाग्दा उनलाई थर्ड क्लासमा गएर बस्न भनियो । उनले अस्वीकार गरेपछि स्टेसनमा ट्रेन रोकेको बेलामा धक्का दिएर निकालियो । चिसो रातमा उनी स्टेसनको वेटिङ रूम पुगे । त्यहाँ उनले अनिदो रात बिताए । रातभरि सोचेर उनले आफ्नै देशमा भारतीयहरूमाथि भइरहेको अत्याचारविरुद्ध लड्ने संकल्प लिए ।

उनीमाथिको यो पहिलो रेसिस्ट आक्रमण थियो र उनलाई त्यो सहन गाह्रो परेको थियो । त्यही रात उनले सत्याग्रहको संकल्प लिए । भारत फर्केपछि उनले चलाएको सविनय अवज्ञा आन्दोलनले अंग्रेजको सत्ता हल्लायो र भारत स्वतन्त्र भयो ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *