गाडी बगाउंदा बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वाणगंगा नगरपालिका अन्र्तगत वनगाई भलवाड सडक खण्डको कोईली खोला कजवेमा बुधवार आएको बाढीले बगाउंदा वेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । अर्घाखांची शितगंगा नगरपालिका वडा नं. १३ का केशव प्रसाद भाटको शव आज दिउसो वाणगंगा नदीको सुठौली नजिक भेटिएको छ । बाढीले बगाएर वेपत्ता भएका नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज शाखाका ईन्चार्ज कृष्ण प्रसाद पौडेलको भने खोजी कार्य अघि बढाईएको शशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले बताए ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखा अन्र्तगत जितपुर फ्युज शाखाको बा १ ञ १०८९ नम्बरको ६ जना सवारा गाडीलाई बाढीले बगाएको थियो । गाडीमा सवार ६ जना मध्ये ३ जनाले गाडीबाट निस्केर ज्यान जोगाएका छन् । गाडीसंगै बाढीमा बगेका ३ जना मध्ये २ जनाको शव फेला परि सकेको र १ जनाको खोजी कार्य अघि बढेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

गाडी चालक ३५ वर्षीय विद्युत कर्मचारी माधव प्रसाद पाण्डेको शव फेला बुधवार सांझ फेला परेको थियो । बाढीमा बगेको गाडीका सवार विद्युत कर्मचारीहरु २७ वर्षीय विजय पोख्रेल, ५९ वर्षीय परशुराम थारु र भर्तापुर आधारभूत विद्यालयकी शिक्षिका २५ वर्षीय कोपिला अधिकारीले गाडीबाट निस्केर बाढीमा पौडदै ज्यान जोगाएका छन् ।

वेपत्ताहरुको खोजीका लागि विहानैबाट नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको संयुक्त टोलीले घटना स्थल कोईली खोला कजवे देखि वाणगंगा नदीको दक्षिणी तल्लो तटीय क्षेत्रहरु लक्ष्मणघाट, कुस्मा, सुठौली, जगदीशपुर सम्म खोजी कार्य अघि बढाएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *