गाउँपालिका उपाध्यक्षद्वारा बेरुजु रकम फिर्ता

भुपेन्द्र शाही ,दैलेख
दैलेखको गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा बिसिले आर्थिक वर्ष २०७४-७५ मा गाउँपालिको बजेट विनियोजन गर्दै बजेट भाषण गरेबापत लगेको सेवा सुबिधा को रकम माहालेखा परिक्षकको कार्यालय काठमाण्डौले बेरुजु देखाएपछि बेरुजु बराबरको रकम फिर्ता गरेकि छन् ।
गाउँपालिकाको गाउसभा र कार्यपालिकाबाटै बजेट भाषण गरेबापत सेवा सुबिधा स्वरुप रकम लिने भनी पास गरेपनि माहालेखा परिक्षकको कार्यालय काठमाण्डु ले उक्त सेवासुविधा स्वरुप रकम लिन नमिल्ने भन्दै रकम बेरुजु निकोपछि लगेको रकम ५६ हजार ७ सय गाउपालिको कोषमा जम्मा गरेको उपाध्यक्ष बिसिले जानकारि दिएकी छन् ।स्तै डुङगेश्वर गाउपालिका र भगवतिमाई गाउपालिकाका उपाध्यक्षहरुलेपनि मलेपले देखायको सोहि प्रकृतिको बेरुजु रकम फिर्ता गरेका छन् ।
(Visited 2 times, 1 visits today)