गाउँपालिकाको जेसिविमा अज्ञातसमुह द्वारा आगजनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रसौनी गाउँपालिकाको जेसिविमा अज्ञात समुहले आगजनी गरेको छ । बुधवार राती करिव १ बजेको समयमा आगो लागेको वडा नम्वर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा बताएकाछन् । राती बगरी नदीमै रहेको जेसिविमा आगोले लागीरहेको बेला गाउँलेले जानकारी गराएपछि प्रहरीलाई आफुले खबर गरेको वडाध्यक्ष बताए।

गाउँले र वारुण यन्त्रको सहयोगमा जेसीवीमा लागेको आगो नियन्त्रण गर्न सफल भएको पनी उनले जानकारी दिएकाछन् । आगो निभाउँदा निभाउँदै जेसिवि पुर्ण रुपमा जलिसकेको थियो ।

वर्षायाममा गाउँमा बगरी नदिको पानी पस्ने भएकोले पुर्व तयारी गर्न आफुले नदीको बाँध बाधनको लागि जेसिवि ल्याएर काम गराइरहेको वडाध्यक्ष कुशवाहाले बताएकाछन् । वर्षायामा बँगरी नदिको पानीको सतहले पुरा गाउँ नै डुबानमा पर्ने गरेको छ ।

गाउँको बिचोबिच गएको नदी वर्षायाममा गाउबाट ओहरदोर गर्न धेरै कठिनाई हुने गरेको उमेश कुशवाहा बताउँछन् । वर्षातको समयमा जनजिवन पुर्ण रुपमा ठप्प नै हुने गरेको छ । वडाबाट सदरमुकाम कलैया करिव दुई किलो मिटरको दुरीमा रहेता पनि वर्षातको समयमा जनजिवन प्रभावित हुने गरेको छ ।

विकासको कार्यमा अवरोध गरे काम गर्न हौसला पनि कम हुदै जाने उनले बताएकाछन् । विकास सवैको हो त्यसैले सवको साथ सवको विकास सवले चाहना राख्न अनुरोध समेत गरेका छन् । स्थानिय तहको चुनाव जितेदेखि पराजित साथीहरु कुनै नकुनै माध्यमले विकास अवरोध गरिरहेको उनले आरोप पनी लगाएकाछन् । विकासमा अवारोध गरे पनि जनताको साथ र सहयोगले आफु निरन्तर विकास गरिहेको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *