गाँजा प्रशोधन गर्ने मेसिन सहित दुई युवा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एवम् अर्बेध रुपमा विक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन् ।घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एवम् अर्बेध रुपमा विक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरैमा गाँजा तथा सुर्ती प्रशोधन गरेर अवैध विक्री वितरण गदैँ आएको सूचनाको आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सुर्ती, सुर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

बुधबार राईले सञ्चालन गरेको कु्खुरा र्फमबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ काट्ने हतियार सहित राई र नेपालीलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिमरियाले बताए ।

पक्राउ परेका राई र नेपालीलाई अवैध लागूऔषध तथा सुर्ती सहित बिहिबार जिल्ला कार्यालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीहरु विरुद्ध लागू औषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको डिएसपी चिमरियाले बताए । चिमरियाको अनुसार नेपाली सुवास राईको गाँजा तथा सुर्ती प्रशोधनको लागि कामदारको रुपमा काम गर्दै आएकोे प्राराम्बीक अनुसन्धानमा खुलेको बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *