गस्तीमा रहेका प्रहरीको निर्मम हत्या पछि शव नदीमै गाडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भारत सीमामा हुने तस्करी रोक्न खटिएका प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउँद दुवैजनाको निर्मम हत्या भएको छ।दुवै जनाको धारीलो हतियार प्रयोग गरि घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुवै जना शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका बेला सम्पर्क बिहिन भएका थिए । दुई मध्ये प्रहरी सहायक निरीक्षक गोबिन्द विकको शव आइतबार बिहान हत्या गरिएको अवस्थामा भेटिएको थियो भने प्रहरी जवान राम बहादुर साउदको शव मंगलबार हत्या गरि मोहना नदीमा गाडिएको अवस्थामा फेला परेको छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक असई गोबिन्द विकसँगै गस्ती गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीको बीचमा गाडेको अवस्थामा मंगलबार फेला परेको हो ।

शनिबार साँझदेखि सम्पर्कबिहीन भएका साउदको खोजीका लागि सुदूरपश्चिम प्रदेश प्रहरीका डिआईजी उत्तमराज सुवेदी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी को टोली र जिल्ला प्रहरी कार्यालय कैलालीका ४५ जना प्रहरीको खोजतलासपछि असई गोबिन्द विकको शव भेटिएको ठाउँ देखि ३ सय मिटर टाढा नदीमा गाडेको अवस्था जवान साउदको शव फेला पनी परेको हो ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका जन्मिएका साउद वि।स २०६५ मा दिपायलबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । पाँच भाई मध्येका रामबहादुर साउद साइँला हुन् । उनी जिल्ला प्रहरी कार्यालय कैलाली आएको करिव ३ वर्ष भएको थियो । त्यहाँबाट जुगेडा अस्थायी प्रहरी पोष्टमा गएको साढे दुई वर्ष भएको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत एक प्रहरीले बताए । उनले साउँद इमान्दार र सबैसँग मिल्ने स्वभावका व्यक्ति रहेको बताए । उनका एक श्रीमती र २ छोरी रहेका छन्।

शनिबार साँझ घटना भए पनि साउदको परिवार भने सोमबार दिउँसो धनगढी पुगेको थियो। शनिबार जुगेडा अस्थायी प्रहरी पोष्टबाट असई गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउद बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा गएका बेला सम्पर्क विहीन भएका थिए।

सँगै गएका असई गोबिन्द विकको धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित तस्करीको ट्रान्जिट प्वाइन्ट गोठान मोहना नदीको बीचमा हत्या गरिएको अवस्थामा शव आइतबार बिहान ५ बजे पत्ता लागेको थियो । आइतबार घटनास्थलबाट साउँदले प्रयोग गरेको मोबाइल, बुट १ किलोमिटर पश्चिम तर्फ भेटिएको थियो । असई गोबिन्द बिकको मोबाइल भने सशस्त्रको गोताखोर टोलीले मोहना नदीको बीचमा फेला पारेको थियो ।

तस्करको समूहले नै आक्रमण गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्नको आशंकामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयक कैलालीका प्रमुख दिलिपसिहं देउवाले भने–‘घटनाको अनुसन्धान जारी छ, पक्राउ परेकाहरु सँग सोधपुछ गरिरहेका छौँ, चाँडै नै हत्यारा पत्ता लाग्छन् ।’उनले भने । यता मुख्यमन्त्री त्रिलोचन भट्टले घटनाको जानकारी लएकाछन् । भट्टले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टका ईञ्चार्ज असई बिक र प्रहरी जवान साउँदको हत्या घट्नाका बारेमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीसँग जानकारी लिएका छन् ।

शनिवार राति धनगढी उपमहानगरपालिका–१० जुगेडा गस्तीमा गएका बेला असई बिक र जवान साउँदको तस्करहरुले हत्या गरेका थिए ।मुख्यमन्त्री भट्टले प्रहरीले प्राप्त गरेको उपलब्धी र घट्नाका बारेमा डिआईजी सुवेदीसँग विस्तृत जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *