गर्भवती भएको थाहा पाएपछि श्रीमानले काटिदिए श्रीमतीको गर्दन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी,एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेको ब्राजिलका पुलिसले घटनाको पुष्टि गरेका छन् ।

२१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि हत्या गरेको बताइन्छ । पुलिसका अनुसार फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेका थिए ।

यो जोडीको पहिले नै दुई सन्तान छन्, चार वर्षकी एक छोरी र दुई वर्षका छोरा । पुलिससँगको बयानमा आफूलाई अब थप सन्तान नचाहेको बताएका थिए । यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले पुलिसलाई जानकारी दिए ।

ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आरोपीलाई पनि घाँटी र नारी काटिएको अवस्थामा भेटिएको थियो ।

पुलिसका अनुसार श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेका थिए । २२ डिसेम्बर सन् २०१९ को घटनाको विषयमा पुलिसले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घटनाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ । यसअघि आरोपीले घटनाको विषयमा भिन्न भिन्न बयान दिँदै आएका थिए ।

अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो ।

तर विवादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरिक सम्बन्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ ।तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ ।

दुई सन्तानकी आमाको मृत्यु भएको त्यतिबेला पत्ता लाग्यो जब उनका आफन्तले जति सम्पर्क गर्न खोज्दा पनि उनलाई भेट्न सकेनन् ।

उनीहरुले कुनै जवाफ नपाएपछि उनकै घर जाने निधो गरे । घटनाको दोस्रो दिन जब उनीहरु फ्रान्सिनको घरमा पुगे तब २० मिनेटसम्म ढोका ढक्ढकाउँदा पनि नखोलिएपछि फोड्ने निधो गरे ।

ढोका फोडेर हेर्दा उनीहरुको फ्रान्सिनको हत्या भइसकेको पाए । कोठा भरी रगत छरिएको थियो, रगतका छिटा भित्ता र भुईंभरी लत्पत्तिकएको थियो ।

तेस्रो सन्तानलाई थुप्रै हप्तादेखि गर्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृत अवस्थामा भेटियो । आरोपीलाई अर्धचेत अवस्थामा भेटिएको थियो । उनलाई सुरुमा भार्जिया पाउलिस्ता इमर्जेन्सी युनिटमा पुर्‍याइएको थियो पछि सोधपुछका लागि उनलाई पक्राउ गरियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *