गण्डकी प्रदेशमा फेरि थपिए १७ जना कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न चार जिल्लामा संक्रमितको सख्या थपीदा यो सख्या १७ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा ६ जना महिला समेत रहेकाछन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका स्थानीय रहेकाछन् । गण्डकी प्रदेशमा हालसम्म ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । दुई जनाको ज्यान गईसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *