गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा :चित्र बहादुर केसी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, धर्म्निरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी पनि गर्नुभयो । अहिले देखिएको निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने त्रास सिर्जना भएको उहाले बताउनुभयो ।

उहाले मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको गुनासो गर्नुभयो । अराजकता, वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध अहिले देखिन थालेको भन्दै उहाले चिन्ता व्यक्त गर्नुभयो । केसिले गम्भीर अपराधका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याएर राम्रो काम गरेको बताउनुभयो ।

जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको पनि उहाले आरोप लगाउनुभयो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *