खोला तर्ने क्रममा डुबेर दुई जना वेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मीमा मंगलवार दिउसो खोला तर्ने क्रममा डुवेर एक वालीका सहित दुइ जना वेपत्ता बनेका छन् । जिल्लाको मुसिकोट नगरपालिका ५ अन्र्तगत दोभान स्थीत छल्दीमा खोला तर्ने क्रममा डुबेका मुसिकोट नगरपालीका ५ अन्र्तगत कलबिरा टोलका २१ वर्षीय दिपक बिक र ५ वर्षीय गरिमा विक अझै वेपत्ता बनेका छन् । तीन जना मध्य सोही ठाउँका ७ वर्षीय किसान विकको भने सकुशल उद्धार गरिएको छ । खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकलाई माछा मार्न गएका स्थानीयहरुले तत्काल उद्धार गर्न सफल भएका थिए भने उनीसँगै गएका दिपक बिक र गरिमा विक मंगलवार साँझसम्म पनि अझै फेला पर्न सकेका छैनन् । खोलामा डुबेकाहरुको स्थानीयवासी र सुरक्षाकर्मीहरुद्वारा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक राजेन्द्रसिङ खड्काले जानकारी दिनु भएको छ । खोलामा डुबेर वेपत्ता बनेकाहरुमा स्थानीय राजु विकका छोरा र भरत विककी छोरी रहेकोे प्रहरिले जनाएको छ । उद्धार गरिएका वालकको अवस्था भने सामान्य रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *