खुल्ला मञ्चको बसपार्कमा गरिएको ढलान भत्काइयो,विरोधमा यसरी गुडाइयो गाडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भत्काएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् ।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनीहरुको दावि दाबी छ । तर उपमेयर खड्गीका अनुसार महानगरपालिकाले खुल्लामञ्चमा ढलान गर्न दिने कुनै निर्णय गरेको छैन् । काठमाडौंको स्वरुप नै विगार्ने गरि खुल्लामञ्च कब्जा गर्न लागिएकाले विरोधमा उत्रिएको स्थानीयको भनाई छ ।

भेटवालले केहि समय अघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, तथा स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर चलाएको थियो । अहिले दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजिएको थियो । बाहिरबाट नदेखिने गरी जस्ताले बारेर कालोपत्रे गर्न खोजिएको थियो र आफुहरुले रोकेको सांसद प्रधानले बताए ।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो । तर काठमाडौं महानगरपालिकाले बसपार्कमा भ्यू टावर बनाउने ठेक्का दिँदै खुलामञ्चलाई अस्थायी रुपमा बसपार्क बनाइएको थियो । ठेक्का सम्झौताअनुसार काम भएको भए भ्यूटावर बनिसक्थ्यो तर काम भएको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *