खुला आकाश मुनि जिवनयापन गर्ने ९ जना दोलखाबाट उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सडकपेटीमा जीवन यापन गर्ने दोलखा ९ जना नागरिकलाई मानव सेवा आश्रमले उध्दार गरेको छ ।दोलखाको सरदमुकाम चरिकोटबाट स्थानीय सरकारको सहयोगमा अधिकांश मानिसक सन्तुलन बिग्रेका ती नागरिको संस्थाले उदार गरेको हो ।उद्धारमा खुल्ला आकाश मुनि,सार्वजनिक शौचालको छेउमा बस्ने युवा देखि बृध्द सम्म रहेकाछन् । भिमेश्वर नगरपालिकाले सडक पेटीमा जीवन यापन गरिरहेका नागरिकलाई आश्रय दिने परोपकारि संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ।

सहयोगापेक्षी सडक मानव मुक्त बन्दै दोलखा बनाउने अभियानमा भिमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेतले बताएकिछिन्।

दोलखामा पनि बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको उद्धार कार्य निन्तर चलिरहेको छ । शनिबार मानवसेवा आश्रमको २६ जनाको टोली सहित स्थानीय सरकार, प्रशासन, प्रहरी, मानव अधिकारीकर्मी, पत्रकार तथा स्थानीयको रहोवरमा मानव सेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिका क्षेत्रबाट ९ जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरिएको हो।

मानसिक सन्तुलन गुमाएका र सहाराविहनि जीवन व्यत्तित गरिरहेका व्यक्तीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये ४ जना जेष्ठ नागरिक महिला रहेका छन् । १ जना किशोरी र १ जना पुरुष रहेको मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले बताए । उद्धार गरिएका व्यक्तीहरुलाई मानव सेवा आश्रम धुलिखेल र भक्तपुरमा व्यवस्थापन गरिएको उनले बताए ।

मेचि महाकाली यात्राको अभियानको क्रममा आश्रय दिई सडकपाक्षे नागरिक लालनपोषण र थेरापि समेत गरिने मानव सेवा आश्रमले जनाएको छ ।उनिहरूको टोलिले ऐतिहासिक सहर दोलखा र सदरमुकाम चरिकोटका सडकमा रहेका नागरिकलाई सरसफाइ गरि हेटांैडाको आश्रममा लगीएको छ।

दोलखाका अन्य ब्यापारीक केन्द्रहरूका सडक पेटी बस्ने धेरै नागरिकहरू छुटेका छन ।यो अभियानमा सरकारले पूर्ण सहयोग गरि निरन्तरता दिन आवश्यक रहेको छ ।

सडकमा बिनाकाम भौँतारिरहका, वेसहारा भई सडकको जीवन बिताइरहेका र मानशिक रुपमा विचलित व्यक्तीहरुको पहिचान गरि उद्धार गरिएको हो । सहयोगापेक्षी व्यक्तीहरुलाई नुहाइदिने, केश काटिदिने र नयाँ लुगा लगाइदिएर उद्धार गरि आश्रममा व्यवस्थापनको लागि लगिएको अधिकारीकर्मीले बताएकाछन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *