खानेपानी माग्दै चरिकोटमा रितो गाग्री प्रर्दशन, प्रहरीले गर्याे दमन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लापुर्जा बिहिन दोलखाको मुलङ गाउँपालिका ४ भेड्पुका नागरिकले खानेपानी माग्दै आइतबार दोलखा सदरमुकाम चरिकोटमा रित्तो गाग्री जुलुस प्रदर्शन गर्दा प्रहरीले लाडी चार्ज गरेकोछ ।


आफना जनप्रतिनिधिले राजनैतिक प्रतिशोधका आधारमा साविकको भेड्पु गाविस १,२ र ३ वडाको लागी रातो किताबमा परेकोे खानेपानी आयोजना अन्यन्त्र दिने निर्णय गरेपछि बिरोध स्वारुप ज्ञापनपत्र बुझाउने सर्वसाधरण नागरिकलाई उपद्रोह मुद्धा लगाएर थुना राखेको बिरोधमा रितो गाग्री जुलुस प्रदर्शन गरेका हुन।

दोलखा जिल्लामा ७४ वडा छन ति मध्ये मेलुङ गाउँपालिका ४ भेड्पुका अहिले सम्म नापी हुन सकेको छैन । भोट माग्ने बेला तपाईहरुलाई लालपुर्जा बिहिन बनाउदैनौ भन्ने गाउँपालिका प्रमुखले नरबहादुर श्रेष्ठले पानी खान देऊ न भन्दा हामी माथि लात हानेका छन त्यसको बदला जनताले एक दिन पक्कै दिनेछन ७६ बर्षिय आईती तमाङले भनिन् ।

आँखा भरि आशु पादै आईती भन्छिन गाउँपालिकाको कार्यालयमा पानी माग्न जानु पर्छ ,जाउ भनेर छिमेकीले भनेपछि गएकी थिई, प्रहरीले हामीलाई लछार पछार पारेर हाम्रो छोराहरु थुन्न ल्यायो उसलाई निकाल्न र पानी माग्न रितो गाग्री लिएर आएको हुँ। पानी नदिनेलाई धर्म हुदैन भन्छन बाबु पाप एक दिन कराउला ७६ बर्षिय आईतीले भनिन्।

“अहिले काकाकुल जस्तो भएर पानी माग्न सदरमुकाम चरिकोट आयौ, बिगतका दिनमा गरि खाने जग्गाको पुर्जा देउर सरकार भनेर आउदा कुनै सरकारले पनि हाम्रो कुरा सुनेन ,धिकार छ पालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष,र कम्युनिष्ट, काँगे्रसको नेता हुँ भनेर कुर्लीने मुलङ गाउँपालिका नेताहरुलाई ।” मेलुङ गाउँपालिका ४ भेड्पुका हरिबहादुर तमाङले भने ।उनले भने गाउँका आमा दिदि दाजुभाई सबै मिलेर गयौं तिमिहरुलाई यो खानेपानी आयोजना दिन मिल्दैन मैले पल्लो टोललाई भनि सकेको छु भनेर गाउँपालिकाको अध्यक्ष नर श्रेष्ठले भने पछि नारा लगाएका मात्र थिर्यौ प्रहरी बोलाई हामी माथि दमन गरेकाछन ।

यता गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले भने एक बिज्ञप्ती जारी गरि आफुलाई कुटपिट नगरेपनि गाली बेइजती गरेकोले मुद्धा हालेको स्वीकारेकाछन । मैले गल्ती नगर्दा पटक पटक राजनैतिक प्रतिशोधको आधारमा म माथि आक्रमण गर्ने प्रायास भएकोले मुद्धा हाल्न बाध्य भएको उनले बताए ।

सत्ता र शक्तिको आडमा दोलखाको भड्पुको सर्वसाधरण नागरिक माथि स्थानिय प्रशासनले लगाएको मुद्धा तत्काल खारेजको माग गदै सर्वसाधरण नागरिकले सदरमुकाम चरिकोटमा रितो गाग्री जुलुस प्रदर्शन गर्न बाध्य रहेको स्थानिय युवा कृपाश्वर गोलेले बताए ।
रितो गाग्री जुलुस प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै नेता बर्मा लामाले जनताले खानेपानी माग्दा जेल जानु पर्छ भने गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ लाई मेलुङ गाउपालिका बाट जनताले आईतबारैबाट निषेध गरेकाछन । शक्ति र सत्त्ताको दम्भ देखाएर सर्वसाधरण नागरिकालाइै दुख दिन्छ र तत्काल जेल मुक्त गदैन भने गाउँपालिकाको कार्यालय मात्र नभई जिल्ला समन्वय समितीको कार्यालय स तालाबन्दी गर्ने चेतावानी नेता लामाले दिएकाछन। नागरिकले पालिकाहरुमा भएको भ्रष्टचारको छानबिन गरि जनतामाझ भ्रष्चारीको पर्दापास गर्र्न अभियानका संचालन गर्नेछ नेता लामाले उद्घोष गरे ।

नेता कुन्दनराज काप्mले भने सर्वसाधरण नागरिकलार्ई धेरै मुद्धाहरु लागाए, राणाहरुले शरिरको मुल्य तोके , पञ्चेहरुले टाउ गिडो ,अहिलेका तानाशाहहरुलाई सुनपानी छरर्किएर लोकतन्त्रमा प्रतिस्पर्धी चाहिन्छ भनेर कहिले यि तानाशाहहरुलाइ राजाको पुच्छर हुदा या बिदेशीको दास हुदा समेत सुनपानी छरर्किएर ल्याएकै अब यिनीको सकिने हुने दिन छिटै आउदै छ त्यसैले छट्पटाई रहेकाछन।

जनताले लोकतान्त्रिक अधिकार प्रयोग गरेर बिकास माग्न नपाईने मुद्धा लगाउने , एकपटक सोचे हुन्छ अध्यक्ष ज्यु हिड्ने जमिन मै होला ,पानी मुनि गएपनि नागरिकले छोड्ने छैन चेतना भया सभामा नेता काप्mलेले उद्घोष गरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *