खानेपानीका दुई कर्मचारी कारागार चलान, समितीका सचिव भने फरार

संखुवासभाको बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई कार्यालयको दुई कर्मचारी कारागार चलान भएका छन् । त्कालिन काउन्टर सहायक सुरेश ढकाल र मिटर रिडर विक्रम बराल कारागार चलान भएको छन्। खानेपानी कार्यालयले त्कालिन काउन्टर सहायक सुरेश लाई १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोपमा मुद्धा दायर गरेको थियो। उनीहरुलाई प्रहरीले एक महिना अघि पक्राउ गरेको थियो ।
पक्राउ परेका काउन्टर सहायक सुरेश बयानका आधारमा प्रहरीले मिटर रिडर विक्रम बराल समेत पक्राउ गरेको थियो। प्रहरीले उनीहरुलाई ठगी तथा आपराधिक विस्वासघातको मुद्धामा पुर्रपक्षका लागि कारागार चलान गरिएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए। काउन्टर सहायक सुरेशलाई घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम नबुझाए पछि खानेपानी कार्यालयले सुरेशलाई खानेपानी उपभोक्ता समितीले जिल्ला प्रहरी कार्यालयमा गत भदौ ७ गते जाहेरी दिएको थियो।
खानेपानी समितीको २० लाख बढी रकम घोटलामा संम्लग्न भएका खानेपानी उपभोक्ता समिती सचिव डिल्ली श्रेष्ठ फरार भएको प्रहरीले जनाएको छ। सचिव श्रेष्ठले कर्मचारी सँग मिलेर लाखौ रकम घोटला गरेको आरोप लागेपछि उनी समेत तानिने भएका छन्। त्कालिन काउन्टर सहायक सुरेशले सचिवको आदेशमा रकम घोटला गरेको बयान दिएको बताइएको छ। सचिव श्रेष्ठलाई प्रहरीले खोजीको सुचिमा राखेको बताइएको छ। उनले सुरुमा आफै उपस्थित हुने बताए पछि प्रहरी पक्राउ नगरेको स्रोतको भनाइ छ। खाँदबारी खानेपानीमा लाखौ रकम घोटला भएको प्रतिवेदन छानविन समितीले गत २०७५ माघमा सार्वजनिक गरेको थियो।