खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबारबाट खसी बोका विक्री बन्द गर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबारबाट खसी बोका विक्री बन्द गरेको छ ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित बिक्री केन्द्रबाट गत सोमबारदेखि सहुलियतमा खसी–बोका बिक्री सुरु गरेको थियो । यस वर्ष मकवानपुर र दाङको तुलसीपुरबाट १५ सय १० वटा खसी बोका ल्याइएकोमा सबै विक्री भइसकेकाले शुक्रबारबाट विक्री काउण्टर पनि बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रादेशिक प्रमुख पवित्र गौतमले जानकारी दिए ।

त्यस्तै विगत वर्षमा भन्दा यस वर्ष उपभोक्तको बढी नै भीड भएको उनले बताए । यस वर्ष च्याङ्गा विक्री वितरण गर्न नसकिएकाले पनि उपभोक्ताको भीड लागेको हुन सक्ने उनको भनाई छ । त्यस्तै बजार मुल्य भन्दा प्रतिकिलो करिब १ सय ५० रुपैयाँ कम मुल्यमा खसी बोका विक्री गरिएकाले पनि उपभोक्ताको भीड लागेको उनले बताए ।

कोरोना संक्रमणको जोखिमका कारण उपत्यकामा नै दसै मनाउने योजना बनाएर खाद्य कम्पनीमा खसी किन्न गएका सर्वसाधारणले मुस्किलले खसी पाएको बताएकाछन् । त्यस्तै खाद्य संस्थानमा खसी किन्न गएका कतिपय उपभोक्ताले खसी नपाइएको गुनासो गरेकाछन्।

खसी विक्री केन्द्रमा सरकारले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा आफूहरुले सास्ती भोग्नु परेको कतिपय उपभोक्ताले बताएकाछन् । त्यस्तै यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण धेरै मानिसहरु आफ्नो गृह जिल्ला नगई काठमाडौ उपत्यकामा नै बसोबास गरेकाले पनि भीड लागेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *