खाडिचौर–मुडे–चरिकोट सडकखण्ड तत्काल मर्मत नभए चुप लागेर नवस्ने दोलखा कांग्रेसको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले दुइ तिहाइ कम्युनिष्ट सरकारका मन्त्रीहरुलाइ खाडिचौर, मुडे हुँदै चरिकोटसम्म गाडिमा यात्रा गर्न चुनौति दिएका छन् । ठेकेदारका लापरवाहिका कारण लामो समय देखि अलपत्र अवस्थामा रहेको सडक मर्मत सम्भार हुन नसक्दा अरनिको रुट हुँदै दशैमा घर जाने यात्रुहरुलाइ समस्या भएको भन्दै खड्काले सरकारको ध्यानकर्षण गराएका हुन् ।

कांग्रेस मालु–सहरे दोलखाले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खड्काले दशैमा घर जाने यात्रुको समस्यालाइ ध्यानमा राख्दै सडक चाडोभन्दा चाडो मर्मतका लागि सरकारलाइ आग्रह गरे । यद्यपी यसको विरुद्धमा कांग्रेस जाग्ने चेतावनी दिए । जनताले जनमत दिएर सत्तामा पठाएकाहरु आज निधाएको देख्दा दुःख लागेको उनले बताए ।

त्यस्तै नेपाली कांग्रेस दोलखाका पुराना नेता देवि न्यौपानले यो सरकारबाट संवृद्ध नेपालको कल्पना गर्नु बालुवामा पानी खन्याए बराबर हुने बताए । यत्रो जनमत प्राप्त सरकार काण्डैकाण्डामा फसेकाले नेपाली जनताले सरकारको विकल्प खोजिसकेको बताए ।
यता नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य बर्मा लामाले नेपालको कम्युनिष्ट सी पथ प्रति ढल्कीनुमा आश्चर्य प्रकट गरे । नेकपाको सिद्धान्त विचारधारा असफल हुँदै गएपछि सी पथ टेस्ट गर्न लागेका कम्युनिष्टहरु टिक्नका लागि अनेक प्रपञ्च मच्चाइहरुको बताए ।
त्यसैगरी तरुणदलका पूर्व केन्द्रीय सचिव एंव कांग्रेस दोलखाका प्रभावशाली नेता इश्वरनारायण मानन्धरले कम्युष्टिहरुको नेपालमा दिनगन्ति सुरु भइसकेको दावी गरेका छन् । भ्रष्ट्राचारमा चुर्लुम्म डुविसकेको सरकारबाट सम्वद्ध मुलुक निर्माण हुनै नसक्ने जिकिर गरे ।
कार्यक्रममा नेता राकेश श्रेष्ठ, बालकृष्ण आचार्य, सन्तोष पाण्डे, महेश काफ्ले, श्यामचन्द्र खड्का, भुवन केसी, गोपाल तिमल्सिना, नरहरी सुवेदी, सिर्जना सुवेदी, कल्पना खड्का लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *