खाग निकालीएको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेकाछन् । निकुञ्जका अनुसार निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेकाहुन् ।

बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

“भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै छ,” बरालले भने, “माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ ।” चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो ।

यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भइसकेको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन भने नेपालमा कुल ६४५ गैंडा रहेको तथ्यांक छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *