खराब मौषम र वर्षाका कारण उडान प्रभावित,जहाजहरु विदेशमै डाइभर्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वर्षाका कारण काठमाडौं विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन्। विहानैदेखि वर्षा र कुइरोसँग लागेका कारण उडान अवतरण प्रभावित भउकाछन् ।

पहाडी क्षेत्रका अधिकांस उडानहरु रोकिएका छन् भने तराइ क्षेत्रका विमानस्थलबाट हुने उडान भने सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए।

पहाडबाट उडेका कतिपय जहाजहरु काठमाडौं अवतरण गर्न नसक्दा तराइका विमानस्थलमा डाइभर्ट भएका छन्।

विमानस्थलले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय उडानहरु विदेशमा नै डाइभर्ट भएका छन्।

अहिले काठमाडौं विमानस्थलको भिजिबिलिटी १६ सय मिटर रहेको छ। जुन एयरलाइन्सको १६ मिटर न्यनको भिजिबिलिटीमा अतवरण गर्नसक्नेहरुले अतवरण तथा उडान गरिरहेका छन्।

जुन एयरलाइन्सको १६ सय मिटर बढी भिजिबिलिटीमा उडान गर्छन् उनीहरुका जहाज डाइभर्ट भएका छन्।

विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार ग्वाङजाउबाट आएको चाइना साउदर्नको जहाज ढाँका,ल्हासाबाट आएको सिचुवानको ल्हासा र कतार एयरवेजको जहाज कलकत्ता डाइभर्ट भएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *