क्वारेन्टाइनमा रहेका पाइलट सहितको टोली घर फर्कियाे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्दार गरि ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाई पुरा गरी आइतबार घर फर्किएका छन् ।

भक्तपुरको नगरकोटस्थीत खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका जहाजका चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाईएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औ दिनमा घर फर्काइएको हो ।

तालिम केन्द्रमा रहेका १८ जनालाई विदाई गरि घर फर्काईएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको बीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना संकलन गरि राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४ औ दिनमा हिजो स्वाब नमूना संकलन गरिएको थियो ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने अझै रिपोर्ट आएको छैन । हिजो नाक र घाँटीको स्वाब नमूना संकलन गरि राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *