क्लिन फिड’सहित स्टार स्पोर्टस् च्यानल सुचारु, अब आईपीएल हेर्न पाइने

नेपालमा ‘क्लिन फिड’सहित जारी इन्डिएन प्रिमियर लिग आईपीएलको प्रत्यक्ष प्रसारण बुधबारबाट सुचारु हुने भएको छ।‘क्लिन फिड’ कार्यान्वयन गर्ने क्रममा केही दिनदेखि रोकिएको स्टार स्पोर्टस् च्यानलको प्रसारण बुधबारबाट सुचारु भएको हो।
स्टार स्पोर्टसले विज्ञापनरहित गरी कन्टेन्ट उपलब्ध गराएपछि उक्त च्यानलको प्रसारण सुरु गरेको डिसहोमले जानकारी गराएको छ।क्लिन फिड नीति लागू भएका कारण नेपालमा अधिकांश भारतीय च्यानलहरु केही दिनयता बन्द छन्।
(Visited 1 times, 1 visits today)