क्याग्दीको बिममा पनी बस दुर्घटना : ४ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परि घाईते भएकाहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उद्धार गरि लैजाने काम भैरहेको छ ।

उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका छन् ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *