कोशी कटान डुबान संघर्ष समितिकोरिले अनसन स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरीको कोशी ब्यारेज स्थित कोशी कटान डुबान संघर्ष समितिले शुरू गरेको रिले अनसन विहिबारबाट स्थगित भएको छ । ४० दिनदेखि जारि आन्दोलन हिन्दुहरूको महान चाडपर्व दशै, तिहार र छठ् पर्वलाई मध्य नजर गर्दै स्थगित गरिएको संघर्ष समितिका बरिस्ठ सह संयोजक ज्योती कुमार झाले बताए ।

सरकारले कोशी पिडितहरूको जायज माँग पूरा गर्ने आश्वासनपछि आन्दोलन स्थगन गरिएको सहसंयोजक झाले बताए । आफुहरूको माग छ्ठ् पर्व सम्म पूरा नभए अझै सशक्त र निर्णायक आन्दोलन गर्ने झाले बताए ।

४० दिने लामो रिले अनसनमा सप्तकोसी नदीबाट पिडित सप्तरी , सुनसरी र उदयपुरका ६ हजार ७३ जनाको सहभागी रहेको थियो। कोशी सम्झौता अनुसार भारत सरकारले कोशी नदिबाट पुर्ण क्षतिग्रस्त ५६ हजार बिग्हा जग्गाको मुअब्जा हाल नदिएको भन्दै कोशी पिडितहरू आन्दोलनमा उत्रिएका हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *