कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी विरअस्पतालको आईसीयुमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको स्वास्थ्यमा सुधान नआएपछि उनलाई विरअस्पतालको आईसीयुमा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जानकारी दिईएको हो । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *