कोरोना संक्रमण रोकथाममा हालसम्म कती रकम खर्च भयो त ? यस्तो छ विवरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले सार्वजनिक गरेको विवरणअनुसार संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ। त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समावेश गरिएको छ।

यसैगरी प्रदेश सरकारको तर्फबाट भएको खर्च १ अर्ब ४९ करोड, स्थानीय तहबाट भएको खर्च ६ अर्ब २ करोड रूपैयाँ गरी कूल ११ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको हो। संघीय सरकारबाट भएको निकासामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख ५० हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रूपैयाँ खर्च भएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *