कोरोना संक्रमण बाट २ महिने शिशुको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

झापामा दुई महिने शिशुको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ।मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएका ती शिशुमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको बताइएको छ। भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *