कोरोना संक्रमण आशंका गरिसका व्यक्ति टेकु अस्पतालबाटै फरार

कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी अस्पतालबाटै फरार भएका छन् ।चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए ।
चेकजाँचका क्रममा कोरोनाको आशंका भएपछि अस्पतालले उनलाई निगरानीमा राख्ने निर्णय गरेको थियो । निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार ती नागरिक साउदी अरबका हुन् । यो घटना एक साताअघिको हो ।
‘कोरोना परीक्षण गर्न बाँकी थियो । निगरानीमा राख्ने तयारी भइरहेका बेला उनी भागे । उनको खोजी भइरहेको छ,’ स्वास्थ्य प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको पनि समस्या थियो । यसैकारण, उनलाई नियन्त्रणमा राख्न सकिएन ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति अस्पतालबाट भाग्नुलाई गम्भीर रूपमा लिइएको छ । करिब दुई साताअघि पोखरा पुगेका दुई चिनियाँ नागरिकमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै मणिपाल अस्पताल रिफर गरिएको समाचार सार्वजनिक भएको थियो । पछि विश्व स्वास्थ्य संगठनले चासो राख्दै खोजीनिती गर्दा मणिपाल अस्पतालले कुनै पनि स्वास्थ्य परीक्षण नगरिएको र कहाँ गएको समेत थाहा नभएको जवाफ दिएको थियो ।
उनीहरूको व्यापक खोजी गरिए पनि अहिलेसम्म सम्पर्कमा ल्याउन सकिएको छैन ।यस अघिपनि कोरोना पुष्टि भएका विरामी पनी अस्पतालको सम्पर्कमा आएका छैनन । अस्पतालको लापरवाहिले गर्दा विरामीहरु लुक्न सफल भएको देखिएको छ भने यस तर्फ सरकारले ध्यानै दिएको छैन ।