कोरोना संक्रमणसंगै महिलाको नाममा उद्योग दर्ता वढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाको कारण रोजागरी गुमेर धेरै मानिस जिल्ला फर्किएपछि बागलुङमा उद्योग दर्ता हुने क्रम वढेको छ । गत आर्थिक वर्ष २०७६-७७ मा ८० ओटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङमा चालु अर्थिक वर्षको ३ महिनामै ७० ओटा उद्योग दर्ता भएका छन् ।

सरकारले उद्योग र व्यवसाय दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि बागलुङमा महिला व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको यस जिल्लामा विगत केही महिना यता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेर गएको हो ।

चालु आर्थिक वर्षमा दर्ता भएका ७० मध्य ३ महिनाको अवधिमा महिलाको नाममा ४८ वटा उद्योग दर्ता भएका छन्् । घरको काममा सीमित रहँदै आएका बागलुङका महिलाहरु व्यवसाय तर्फ अग्रसर वन्न थालेका छन् । महिलाको नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिएको कारण महिलाको नाममा व्यवसाय दर्ता हुने क्रम वढेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले वताए ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७-७८ को ३ महिनाको अवधिमा ७० व्यावसायिक फर्म दर्ता भएका छन् । व्यवसायिक फर्म दर्तामा ५० प्रतिशत छुट दिएको कारण महिलानै मालिक भएका उद्योग वढी छन् ।पुरुषहरु वैदेशि रोजगारीमा जाने गेरको कारण जिल्लामा रहेका महिलाहरुले पनि उद्योग संचालन गर्ने क्रम वढेको छ ।

समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिएन तर, अहिले महिलालाई सुविधाहरु दिन थालेपछि समाजमा रुपान्तरण हुन थालेको छ । विगतमा महिलालाई उद्योग व्यापारको मालिक बनाउनु हुँदैन भन्ने मानसिकता व्याप्त थियो तर, अहिले त्यो मानसिकता हट्दै गएकाले पनि सम्पतीमा महिलाको पहुच वढ्न थालेको महिला अधिकारमर्कीहरुको वुझाई छ ।

कोरोनाको कारण धैरैको रोजागारी गुमेर विदेश तथा शहर वाट गाउँ फर्किएपछि उद्योग व्यवसाय संचालन गर्ने क्रम वढेको छ । स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्तामा कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसायलाई ऋण लिने प्रक्रिया सहज बनाइदिएका कारण पनि घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यलय बागलुङका सुचना अधिकारी विष्णु प्रसाद शर्माले वताए ।

महिलाका नामा दर्ता भएका मध्य वन पैदवार ,कृर्षि फर्म शिलाइ कटाई तालिम सेन्टर ,व्युटिपार्लर टे«निङ सेन्टर वढी छनु । कोरोना महामारीले रोजगारी गुमेपछी गाउँमै पेसा व्यवसाय गरी रोजगारी सृजन गर्ने वतावरण सृजना हुन थालेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *