कोरोना संक्रमणले काठमाडौंमा एक महिलाको मृत्यु
कोरोना भाइरस कोभिड १९को संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको ज्यान गएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा ६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा निधन भएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ति महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ति महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो।
निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।