कोरोना संक्रमणभरी शनिवार र आइतवार पनि विदा दिन सांसदको प्रस्ताव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना संकटका कारण भौतिक दूरी कायम गर्न शनिवार र आइतवार सार्वजनिक विदा दिने व्यबस्था गर्न नेपाली कांग्रेसका सांसदले प्रस्ताव गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भीमसेनदान प्रधानले हप्तामा दुईदिन विदा दिने प्रस्ताव गरेका हुन् । ‘कोरोनाको महामारी दिनानुदिन बढ्दो छ, सवारी साधनमा जोर विजोरको व्यबस्था गरेको छ । कोरोनाको संक्रमणलाइ अझ बड्न नदिन आइतवार र शनिवार विदा दिने गरौं, विद्युतीय गाडी चलाउने व्यबस्था गरौं । सवारी साधनमा पनि दूरी ब्यवस्थापन गरौ’ भन्ने उनको भनाई रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *