कोरोना संक्रमणबाट सिराहामा एक युवकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिराहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ। गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको बिहीबार राति ज्यान गएको हो।तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा उनको मृत्यु भएको सिराहा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णुदेव यादवले जानकारी दिएकाछन्।

उनका अनुसार सिराहा जिल्लाका लागि कोरोनाबाट यो पहिलो मृत्यु हो।धरानमा रहेको युवकको शव नेपाली सेनाले सिराहा ल्याएर अन्त्येष्टि गर्ने तयारी गरिरहेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *