कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप एक जनाको ज्यान गएको छ। विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह ४ बजे ५७ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो।

केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा दिपक सिग्देलका अनुसार विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियनको कोरोनाबाट मृत्यु भएको हो। उनको स्वासप्रश्वासमा समस्या देखिएको थियो। विराटनगर महानगरपालिका ३ का उनलाई सोमबार उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो।

केन्द्रका अनुसार शव व्यवस्थापनका लागि सेनाको टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको छ। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ती पुरुषलाई सोमबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लैजान खोजिएको थियो। तर धरानमा संक्रमितले भरिएका कारण बेड खाली नभएको प्रतिष्ठानले जनाएपछि विरामीको केन्द्रमै उपचार गरिँदै आइएको थियो ।

विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५ पुगेको छ। यसअघि कोरोना संक्रमित विराटनगर– ९ मा दुई, विराटनगर– ५ र १० मा १–१ जना पुरुषको उपचारका क्रममा मृत्यु भइसकेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *