कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४७ पुग्यो, धनुषा र पर्सामा एक एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । धनुषा र पर्सामा आइतबार एक–एक जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणवाट नेपालमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पतालबाट धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरेको एक जना संक्रमितको आइतबार बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुष रहेका छन् ।

करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिबार प्रादेशिक अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आइतवार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनमा कुनै दीर्घ रोग थिएन । कोरोनाबाट धनुषामा यो पहिलो मृत्यु हो ।

त्यस्तै वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएका ६५ बर्षिय एक बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको हो । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जस्थित हेल्थ केयरमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर भएपछि कोरोना अस्पताल पु¥याईएका उनको आइतवार विहान मृत्यु भएको थियो । उनी वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए । केही दिनको विचमा पर्सामा कोरोनावाट चार जनाको मृत्यु भैसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *