कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु,मृत्यु हुनेको संख्या ४८१पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्।
मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ। यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।