कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस संक्रमणबाट थप तीन जना विरामीको मृत्यु भएको छ । ललीतपुर पर्सा र कपिलवस्तुमा एक–एक जना संक्रमितको मृत्यु भएको हो ।ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

उता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका कपिलबस्तुका एक पुरुषको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुष रहेका छन् । उनी भदौ पाँच गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।त्यस्तै पर्सामा पनि थप एक जनाको मृत्यु भएको छ । धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमणपछि उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *