कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने डा.अनुप बास्तोलाको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएकाछन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संक्रमणले भुसको आगोको रुप लिइसकेकोले चैत महिनामा मात्रै ४६ जना आइसियुमा भर्ना भएको जानकारी दिए । धेरैजसो अस्पतामा संक्रमितलाई उपचार गराउने भौतिक पूर्वाधार अभाव भएको भन्दै उनले भेन्टिलेटर नै पाउन नसक्ने अवस्था रहेको जानकारी दिए ।

डरलाग्दो अवस्था सृजना हुँदा पनि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर ठूलो गल्ति गरिरहेको बास्तोलाले बताए । उनले युके भेरियन्ट नेपालमा आइसकेको अवस्थामा लापरबाही गर्नुले अब ठूलो क्षति हुन सक्ने चेतावनी दिए । अहिले नै रोकथामका लागि व्यवस्थ्ति उपाय अपनाउन नसके अबको ५ महिनाभित्रमा उपचारसमेत गराउन नसक्ने अवस्था सृजना हुने बास्तोलाले बताए ।

साक्षात्कारमा जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरे । उनले संक्रमण रोक्नको लागि आयातित र यहाँभित्रै भएको संक्रमणलाई रोक्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले जुन प्रभावकारिताका साथ सिमानामा क्वारेन्टिनको व्यवस्थापन भएको छ भन्नेमा आफूलाई विश्वास नलागेको पनि बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *