कोरोना भाईरस संक्रमित थप ४जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस संक्रमणवाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । मोरङमा दुई, बर्दिया र सुनसरीमा एक–एक जनाको मृत्यु भएको हो । मोरङको विराटनगर महानगरपालिका–६ का ८६ वर्षीय संक्रमित बृद्धाको नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको छ ।

त्यस्तै, कोशी अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मृतकमा २६ गते कोरोना पुष्टि भएको थियो । उता, बाँकेको भेरी अस्पतालमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *