कोरोना भाईरस संक्रमणबाट पर्सामा थप दुई जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाईरसको संक्रमणका कारण पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको ज्यान गएको छ।वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो।

उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारिक श्रोतले जनाएको छ। योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *