कोरोना भाईरस बाट २४ हजार बढिको मृत्यु भईसकेको रिपोर्ट लिक भएपछि …

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीनमा कोरोनाभाइरसबाट मर्नेको संख्या लगातार बढिरहेको छ । सरकारी तथ्यांकअनुसार बिहिबारसम्म ५६३ जनाको मृत्यु भईसकेको उल्लेख छ ।

यसबीच चिनियाँ चर्चित व्यवसायीक कम्पनी टेनसेंटको लीक भएको एक रिपोर्टमा कोरोनाबाट २४ हजारभन्दा बढि मानिसको मृत्यु भईसकेको तथ्य खुलासा भएको छ । लीक भएको तथ्यांक सरकारी तथ्यांकभन्दा सयौं गुणा बढि हो । चिनियाँ सरकारले कोरोनाबाट मर्नेहरुको संख्या लुकाएको चर्चा चलिरहेको बेला कम्पनीको रिपोर्ट सार्वजनिक भएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार, टेनसेंन कम्पनीको वेबसाइटको ‘एपिडेमिक सिच्युएशन ट्रैकर’ नामका पेजमा लीक भएको रिपोर्टअनुसार कोरोनाबाट १ लाख ५४ हजार २ सय ३ मानिस संक्रमित भएको उल्लेख छ । जुन तथ्यांक १ फ्रेबुअरीमा सरकारद्वारा जारी गरिएको तथ्यांकभन्दा दश गुणा बढि हो ।

यसमा थप ७९ हजार ८०८ कोरोनाबाट संक्रमित बिरामी भएको हुनसक्ने बताइएको छ । यो तथ्यांक पनि सरकारी आँकडाभन्दा चार गुणा बढी हो ।

रिपोर्टमा उपचारपश्चात २६९ जना मानिस पूर्णं स्वस्थ भएको पनि उल्लेख छ । जुन चीन सरकारले सार्वजनिक गरेको रिपोर्टको नजिक छ । चीन सरकारले ३०० बिरामी पूर्णं स्वस्थ्य भएको दाबी गरेको छ ।

कम्पनीको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीले केहि घण्टामै रिपोर्ट परिवर्तन गर्दै कोरोनाबाट मृतकको संख्या ३०४ र संक्रमितको संख्या १४ हजार ४४६ भएको उल्लेख गरेको थियो । जुन आफैंमा नमिल्दो तथ्यांकसमेत थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *