कोरोना भाईरसको संक्रमण समुदायमा गएको भन्दै वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो समय वीरगञ्जमा कोरोनाको संक्रमण समुदायमा सरेको भन्दै स्थानीय प्रशासनले वीरगञ्जमा शनिवार विहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण ज्यान गैसकेको छ । ५७ जना कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेकाछन् ।

कतै नगएका स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारणमा पनि संक्रमण देखिएपछि नियन्त्रण प्रयासका लागि निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *