कोरोना भाईरसको संक्रमणबाट महोत्तरीमा पनी दुई जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाईरसको संक्रमणबाट मंगलबार महोत्तरीका दुई जनाको मृत्यु भएको छ ।महोत्तरी जिल्लाका कोभिड–१९ का फोकल पर्सन गिरेन्द्र कुमार झाका अनुसार मगंलबार यस जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका –३ बस्ने ७७ वर्षीय पुरुष र मनरासिस्वा नगरपालिका– ७ बस्ने ७४ वर्षीय पुरुष रहेको फोकल पर्सन झाले बताउनुभयो ।मृतक मध्ये बलवा न.पा.३ बस्ने पुरुषको प्रादेशिक अस्पताल जनकपुर ढाँडको शल्यक्रिया गरिएकोमा उनी भदौ ६ गते कोरोना संक्रमित भएका थिए र आज उनी अत्ति नै सिकिस्त भएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै मनरासिस्वा ७ बस्ने पुरुषको भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको शल्यक्रिया गरी भदौ ३ गते कोरोना संक्रमित भएपछि उनी एक सातादेखि जनकपुर स्थित होम आइसोलेशनमा बस्दै आएकाको मंगलबार अत्ति नै गंभिर अवस्थामा पुगेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा अवस्थित आईसोलेशनमा ल्याउने बित्तिकै उनको मृत्यु भएको फोकल पर्सन झाले बताए ।

मंगलबार दुई जनाको मृत्यु भएसंगै महोत्तरीमा कोरोना संक्रमणबाट मर्नेका संख्या चार पुगेको छ । त्यसैगरी मंगलबार महोत्तरीमा थप ११ जना कोरोना संक्रमित भएका छन् भने अहिलेसम्म यस जिल्लाको कुल संक्रमित संख्या एक हजार एक सय ८३ पुगेको छ ।जिल्लामा जिल्ला अस्पतालमा आजको मितिमा २४ जना आइसोलेशनमा र ७५ जना होम आइसोलेशनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *