कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोकका एक व्यत्तिको कोरोना भाइरस कोभिड १९ बाट ज्यान गएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षिय पुरुषको शनिवार कोभिड संक्रमणका कारण ज्यान गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार झण्डै ३ महिनादेखि विरामी रहेका उनको काठमाण्डौंमा मृत्यु भएको हो

। मृतक घरमै बसोबास गर्ने गर्दथे । मृत्यु हुनु अघि नै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएको उनले बताए । यो सँगै सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना लागेर राम्चेकी महिलाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । थपिएका पाँच सहित कोरोना संक्रमितको संख्या ६१ पुगेको हो । शनिबार थपिएकाहरु सबै पाँचपोखरी थाङपाल गाउँपालिकाका हुन् । पाँचै जना भारतबाट आएको चापागाईले जानकारी दिएकाहुन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *