कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । सुनसरी दुई, मोरङ, चितवन र दाङमा एक–एक संक्रमिको मृत्यु भएको हो । कोरोना संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–आठका दुई महिलाको शुत्रबार विहान मृत्यु भएको छ । ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज बिराटनगरमै उपचारको क्रममा मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै चितवनको भरतपुर अस्पताल पुगेलगत्तै एकजना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुष रहेका छन । त्यस्तै दाङको लमहीका एक ५५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या ८ सय १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *