कोरोना भाइरस बारे पहिला जानकारी दिने डाक्टरको कोरोनाकै कारण ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै हिरोको रुपमा चर्चा गरिएको थियो ।यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ । केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ ।

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन् ।यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

गएको २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *